दफा २०क
ज्येष्ठ नागरिक सेवा केन्द्र स्थापनार्‌ सञ्चालन
(१) ज्येष्ठ नागरिकलाई हेरुचाह_र संरक्षण गर्न स्थानीय तहले ज्येष्ठ नागरिक सेवा केन्द्रको स्थापना र सञ्चालन गर्न सक्नेछ ।
(२) उपदफा (१). बमोजिमको सेवा केन्द्रले ज्येष्ठ नागरिकका लागि तोकिए बमोजिमका आयमूलक कार्यक्रम सञ्चालन गर्न सक्नेछ ।
(३) उपदफा (२) बमोजिमको आयमूलक कार्यक्रममा ज्येष्ठ नागरिकलाई संलग्न गराउँदा निजको शारीरिक र मानसिक अवस्था विचार गर्नु पर्नेछ ।
(४) सेवा केन्द्रले ज्येष्ठ नागरिकलाई उत्प्रेरित गर्ने किसिमका तालीम तथा ज्येष्ठ नागरिकको स्वास्थ्य र पोषण तथा उचित स्याहार सम्बन्धमा चेतनामूलक तालीम तथा गोष्ठी सञ्चालन गर्न सक्नेछ ।
(५) सेवा केन्द्रले ज्येष्ठ नागरिकलाई निजको इच्छा विपरीत यस दफा अन्तर्गत सञ्चालन गरिने कार्यक्रममा संलग्न गराउनु हुँदैन ।
(६) सेवा केन्द्रले केन्द्रीय ज्येष्ठ नागरिक समिति, प्रदेश ज्येष्ठ नागरिक समितिको निर्देशन तथा स्थानीय ज्येष्ठ नागरिक समितिको समन्वयमा रही काम गर्नेछ ।
(७) सेवा केन्द्रको अन्य काम, कर्तव्य, अधिकार र मापदण्ड तथा सञ्चालन सम्बन्धी व्यवस्था तोकिए बमोजिम हुनेछ ।